Home Uncategorized मन जित्दै माइतीघर, हलले बढाउँदैछ शो

मन जित्दै माइतीघर, हलले बढाउँदैछ शो

नेपालगञ्जमा सातै शो हाउसफुल

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपाली चलचित्र ‘माइतीघर’ले प्रदर्शनको दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । बडादशैँको फूलपातीका दिनबाट प्रदर्शनमा आएको यस फिल्मले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ पाउँदै आफ्नो प्रदर्शनलाई अझै बलियो बनाएको छ ।

विशेष गरी मंगलबार नेपालगञ्जमा ‘माइतीघर’ले बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन् । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमबार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार आज हल पुगेका धेरै दर्शकहरूले टिकट नै पाउन सकेनन् । स्थानीय दर्शकहरूले काठमाडौंबाट पुगेका कलाकारहरू केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल र निर्देशक मिलन तामाङलाई भव्य स्वागत गरेका थिए ।

नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको निर्माता अधिकारीको भनाइ छ । उनका अनुसार देशभर फिल्मको व्यापार सुखद छ । ‘जतिले यो फिल्म हेर्नुभएको छ, उहाँहरु सबैले मनपराइरहनु भएको छ’, अधिकारीले भने ।

निर्माण पक्षले आधिकारिक व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन । सुरुमा एक दुई शोमा सीमित माइतीघरलाई हलहरुले पनि विस्तारै शो बढाउँदै लगेका छन् । मिलन तामाङ निर्देशित यस फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङदेल लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link