पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो। गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले करिब ४०० वर्षअघिको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै चलचित्र निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको थियो। सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका …
Parda sansar and Pardasansar
काठमाडौं । नविन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘बाकस’को छायांकनकाे काम सुरु भएको छ। कास्कीको पर्यटकीय क्षेत्र धम्पुसबाट चलचित्रको छायांकन थालिएको हो । पीके इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। यस्तै, बाल कलाकारहरू सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायतकाे पनि चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा महेश पौडेलको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ। संगीत दीपक शर्मा र सनम पुरुष राईले तयार पार्नेछन् । मणि तामाङ …
झापा । कात्तिक २० बाट प्रदर्शनमा आउने चलचित्र ‘पाँच पाण्डव’को ‘दाजुभाइ जस्ता हुँदैनन्’ बोलको गीत सार्वजनिक भएको छ । पूर्व झापाको सालबारी, इलामको कन्याम, श्रीअन्तु लगायत स्थानमा छायाँकन गरिएको गीतमा मुख्य अभिनेताहरु हरिवंश आचार्य, आर्यन सिग्देल, जीतु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई देख्न सकिन्छ । डा. कृष्ण हरि बरालको शब्द रहेको गीतमा सत्यराज आचार्य र स्वरुप आचार्यको स्वर रहेको छ । जसमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा दाजुभाइको प्रगाढ सम्बन्ध प्रस्तुत गरिएको छ । दाजुको अभिभावकत्व र भाइहरुको प्रेम यसमा देख्न पाइन्छ । वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’को यसअघि सार्वजनिक भएको ट्रेलर-१ ले दर्शकलाई निक्कै कौतुहल बनाएको …
समाचार
नेपाली फिल्म क्षेत्रको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आउनुअघि नै चर्चामा छ। कात्तिक ६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने फिल्मले रिलिजको पहिलो दिन २१० भन्दा बढी शो पाएको छ। तीमध्ये ६० भन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भइसकेका छन्। पहिलो शो सुरु नहुँदै अग्रिम बुकिङमा देखिएको दर्शकको उत्साहले फिल्मको ओपनिङ सुखद हुने सङ्केत गरेको छ। देशभरका हलमा शो थपिने क्रम जारी रहेकाले प्रदर्शनको पहिलो दिन अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। …
गसिप
Unable to retrieve new videos without an API key.
Error: No videos found.
Make sure this is a valid channel ID and that the channel has videos available on youtube.com.
समाचार प्रकारहरू
सानो पर्दा
हलिउड/बलिउड
मुम्बई । बलिउड अभिनेता सलमान खानको प्रतीक्षित फिल्म ‘मातृभूमि’ले प्रदर्शनको बाटो खोल्ने महत्वपूर्ण स्वीकृति पाएको छ। निर्माण पक्षले परिमार्जनसहित बुझाएको नयाँ संस्करणलाई भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका अधिकारीले स्वीकृति दिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिएका छन्। यो फिल्म ‘ब्याटल अफ गलवान’ नाममा घोषणा गरिएको थियो। सन् २०२० मा भारत र चीनका सैनिकबीच भएको गलवान द्वन्द्वमा आधारित फिल्मको विषयवस्तु र त्यसमा चीनको प्रस्तुतिलाई लिएर सरकारी तहमा चासो देखाइएको थियो। यही कारण यसअघि नै रिलिज हुने तयारी रहे पनि ढिलाइ भएको थियो। पछिल्लो समय भारत …
साहित्य




