Parda sansar and Pardasansar

काठमाडौं । आगामी भदौ २६ गते शुक्रबार तीन नेपालीसहित हलिउड र बलिउडका नयाँ चलचित्रहरु रिलिज हुँदैछन् । अहिले प्रदर्शनरत फिल्मसमेत जोड्दा शुक्रबार हलमा ११ फिल्म एकसाथ चल्ने भएका छन् । शुक्रबारदेखि माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ र ‘बेहुली’ प्रदर्शनमा आउँदैछन् । यस्तै हलिउडको ‘फल २ : डेडलाइन’ र बलिउडको ‘हाइवान’ पनि रिलिज हुँदैछन् । ‘गौथली’, ‘पार्वती’, ‘स्पाइडरम्यान’, ‘टक्सिस’ र ‘मिर्जापुर’ले पनि कम शोमा निरन्तरता पाउनेछन् । यस्तो प्रतिस्पर्धाबीच दयाहाङ राई अभिनित ‘पेन्सन पट्टा’ले शुक्रबारका लागि सर्वाधिक शो पाएको छ । खल्ती एपमा मात्रै १०३ शो रहेको वितरक रोहित कट्टेलले बताएका छन् । यस्तै इसेवामा ‘पेन्सन पट्टा’लाई ६० शो उपलब्ध गराइएको …

बिर्तामाेड । अभिनेता तथा डान्सर बिजु पार्कीले फिल्म निर्देशन गर्ने भएका छन् । उनले फिल्म ‘अन्तिम दाउ’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराइएको हो । यो फिल्मको औपचारिक घोषणा भने भदौ १० गते भएको थियो । तर, बाढीका कारण फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थिएन । पोस्टरमा फिल्मका ६ मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । जसमध्ये विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामाको अनुहारमा चोट र रगत लतपतिएको देखिन्छ । पोस्टरको दुई पट्टि रातो भागमा रहेका कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी ढंगले मुस्कुराइरहेका देखिन्छन् । यसले अपराध र …

काठमाडौं । बाढीपीडितको सहयोगार्थ नेपाल चलचित्र कलाकार संघले रक्त संकलन गरेको छ । संघको ३८औँ स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा रंक्तदान कार्यक्रम गर्दै संघले रगत संकल नगरेको हो । कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरेर ८६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए । कार्यक्रममा हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार सहित करिब चार लाख रुपैयाँ राहतका लागि प्रदान गरे । संकलित रकम प्रधानमन्त्री …

 

समाचार

16 views

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । बाढीका कारण केही दिन प्रचारप्रसार रोकिएको निर्माण टिमले मंगलबार तीन मिनेट १९ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले ग्रामीण भेगमा भारी बोकेर जीविकोपार्जन गर्ने एक भरियाको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखेको छ । ट्रेलरमा आर्थिक अभाव, पारिवारिक सम्बन्ध, सन्तान नहुँदाको पीडा र प्रेमलाई कथाको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ । फिल्मका मुख्य पात्र कार्की साइँलाको …

 

हलिउड/बलिउड

29 views

एजेन्सी । ‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले बक्स अफिसमा दोस्रो दिनमै तीव्र गिरावट व्यहोरेको छ । पहिलो दिन भारतभर १०१.१० करोडको आक्रामक ओपनिङ गरेको यस फिल्मको कमाइ दोस्रो दिन करिब ६२.८ प्रतिशतले घटेर ३७ करोड ६५ लाख भारुमा सीमित भएको छ। दुई दिनमा विश्वभरबाट १८५ करोड ६० लाख ग्रस संकलन गरेको फिल्मले सबैभन्दा बढी व्यापार हिन्दी भर्सन (करिब ८० करोड) बाट गरेको छ । यद्यपि, ५०० करोडको विशाल बजेटमा …

 

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus