Home Main Highlight News पुस्तक अंश : लेखक कि साहित्यकार ?

पुस्तक अंश : लेखक कि साहित्यकार ?

by Parda Sansar
A+A-
Reset

सबै लेखक साहित्यकार हुन सक्दैनन् ।

तर, सबै साहित्यकार लेखक हुन् ।

 यो शीर्षक आफैँमा एउटा प्रश्न होतर्कना हो ।साहित्य एउटा सिर्जना हो । त्यसको रचना गर्ने व्यक्ति साहित्यकार हो । सामान्यतया यसको अर्थ यत्ति नै हो ।

तरस्वतन्त्र विश्वकोशनेपाली विकिपिडियामा साहित्यकार भनेर खोज्दा यस्तो भेटियो ।

साहित्यकार साहित्य सिर्जना गर्ने व्यक्ति हुन् । समाजलाई सही बाटोतर्फ अग्रसर गराउने व्यक्ति साहित्यकार हो ।

हिन्दी शब्दकोशले साहित्य की रचना करने वालोंको साहित्यकार कहते है मात्र भनेको रहेछ । अंग्रेजीमा अथरलिटेरेचरनोवलिष्ट वा राइटर भनि|दो रहेछ ।

यद्यपिनेपालमा यसबारे त्यति धेरै बहस र छलफल भएको पाइँदैन । अहिलेसम्म साहित्यलाई विभिन्न वाद र जातसँग जोडेर हेर्ने काम मात्र भइरहेको छ । जस्तो कविगजलकारनाटककारकथाकारउपन्यासकार । अर्थात्कविता लेख्ने कविउपन्यास लेख्ने उपन्यासकारनाटक लेख्ने नाटककारकथा लेख्ने कथाकार ।

के सबै लेखक साहित्यकार हुन वा लेख्ने जति सबै साहित्यकार ?

यो प्रश्नले अन्योल बढाउँछ । जब म धेरै कार्यक्रमहरूमा जान्छुतब चर्चित र नाम चलेका लेखकहरूले नै यस्तै अन्योल सिर्जना गरेको पाउँछु । जे सुकै लेखुन्त्यो साहित्य हो कि होइन कथाकवितागजलहाइकुउपन्यास नाटकयात्रा संस्मरणनियात्रा वा आत्मकथा । यी सबै साहित्यका विधा होलान् तर त्यो लेख्ने मानिसका पछाडि कार थप्न लायक छन् वा छैनन् ।

मलाई लाग्छसबै लेखक साहित्यकार हुन सक्दैनन् । तरसबै साहित्यकार लेखक हुन् ।

यसको सामान्य अर्थ खोज्ने हो भने यस्तो भेटिन्छ ।

लेखक एक व्यक्ति होजसले साहित्यको रचना गर्दछ । यसका अतिरिक्त उसले मौलिक सिर्जना गर्ने क्षमता राख्दछ । लेखक त्यो होजसले पाठकहरूलाई आफ्नो लेखन मार्फत कैद गर्दछ । आफ्नो सिर्जना मार्फत पाठकलाई बाँधेर राख्दछ ।

 

सामाजिक यथार्थ, मानवीय संवेदना, अनुसन्धानमूलक लेखनमार्फत् तथ्यलाई पर्गेल्न सक्ने पत्रकार हुन्, तीर्थ सिग्देल । उनको पत्रकारिता यात्रा २०५० सालदेखि सुरु भएको हो । कथा, निबन्ध, यात्रा संस्मरण, इतिहास विधामा निरन्तर कलम चलाइरहेका उनको लेखनमा समाजका विभिन्न पक्षहरुको स्पष्ट चित्र पाइन्छ । २०७३ सालदेखि पुस्तक लेखनमा पाइला चालेका उनको ‘बिर्सिएका सपनाहरु’ सातौ“ कृति हो । यसअघि जीवनको गति (२०७३), पूर्वको राजनीति (२०७४), मनोनेट (२०७६), एक दिन : समय कथा (२०७७), मनको कैदी (२०७८), बिर्तामोड : उद्भव र विकास (२०८०) प्रकाशित छन् ।

 

साहित्यको भोक जागेर लेख्नु र मनका भावना पोख्नु नै मात्र साहित्य होइन । लेखन विधा त गहन र अनुसन्धानमा आधारित हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा जारी गरिएको लेखक र साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधिले लेखक र साहित्यकार भन्नाले नेपालका भाषासाहित्यसंस्कृतिदर्शन तथा सामाजिक शास्त्रमा आबद्ध स्रष्टाहरू र ती विषयहरूका अनुसन्धानकर्ताहरू  समेत सम्झनु पर्छ भनेको छ । यसरी हेर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक र साहित्यकारलाई एउटै रूपमा लिएको देखिन्छ । जस्तो दुबैलाई लेखक र साहित्यकार भनेर पेश गरेको छ ।

नेपाली साहित्य क्षेत्रको सरकारी स्तरबाट व्याख्या विश्लेषण र उत्थान गर्ने आधिकारिक निकायले जारी गरेको लेखक र साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधिमा यी दुबैलाई एकै हुन् भनेर प्रष्ट्याएको देखिन्छ । जसको प्रस्तावनामा साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगतलाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् ।

के लेखन र साहित्य एउटै हो वा यसका बिचमा अन्तर पनि छ लेखक र साहित्यकारका बिचमा कति अन्तर छ । केवल शाब्दिक रूपमा मात्र होइनकामका आधारमा हेर्ने हो भने पनि केही न केही अन्तर त भेटिन्छ । दुर्गाप्रसाद दाहालद्वारा लिखित ‘नेपाली नाटकनिबन्धभाषासाहित्य र इतिहास’ मा उल्लेख गरिए अनुसार साहित्य शब्द संस्कृत भाषाको सहित शब्दबाट निर्माण भएको हो । शब्द र अर्थको सहभाव नै साहित्य हो । हितले युक्त भाव नै साहित्य हो । अंग्रेजी भाषामा ‘साहित्य’ का सट्टामा ‘लिटरेचर’ शब्दको प्रयोग गरिन्छ । ‘लिटरेचर’ शब्द ल्याटिन भाषाको ‘लिटेरा’ बाट निर्माण भएको मानिन्छ । तरनेपाली साहित्यको इतिहास स्वतन्त्र विश्वकोशनेपाली विकिपिडियाले धेरै पछि मात्र साहित्य शब्दको प्रयोग भएको पाइन्छ ।

पूर्वीय साहित्य शास्त्रमा साहित्यको छुट्टै परिभाषा पाइँदैन । काव्यको परिभाषाभित्र नै साहित्यको परिभाषा सन्निहित रहेको पाइन्छ भनेको छ ।

यसको अर्थ साहित्य शब्दले पनि समग्र लेखन विधालाई समेट्न सक्दैन भन्ने हो । जस्तो: लेखक त्यो होजसले विभिन्न शैली र तरिकाले शब्दको सिर्जना गर्दछ । जसको माध्यमबाट सञ्चार हुन्छ । लेखनको माध्यमबाट कथाकवितागीतनिबन्धउपन्यास लगायत विभिन्न रिपोटलेख प्रकाशन गर्दछ । खासमा ऊ नै लेखक हुनुपर्ने हो । जसले आफ्ना यस्ता सामाग्री सञ्चार माध्यम र किताब मार्फत पस्केका हुन् ।

नेपाली साहित्य क्षेत्रका प्रसिद्ध संस्थाहरू पनि लेखक र साहित्यका नाममा विभाजित भएको पाइँदैन । वामपन्थी खेमाका लेखकहरूको आफ्नो संस्थाको नाम प्रगतिशील लेखक संघ छ भने प्रजातान्त्रिक पक्षधरहरूको संस्थाको नाम लेखक संघ छ । यत्रा ठुला संस्थाहरूका नाम नै लेखक संघ भएपछि फेरि साहित्यकार भनिरहनु किन पर्‍यो उनीहरू साहित्यकार हुन भने किन साहित्यकार संघ गठन गरिएन यो प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । यसबारेमा थप बहस पनि जरुरी छ ।

बहससँगै निष्कर्ष पनि दिन सक्नुपर्छ । नत्र अलमल बढ्छ । अझ साहित्यजस्तो विषयमाथि टिप्पणी गर्दा जटिल अवस्था पनि आउन सक्छ । लेखन कसका लागि र किन भन्ने आम प्रश्न छ । अझ भन्ने हो भने विवाद नै छ । साहित्यकार अरूका लागि केवल मनोरंजनका साधन हुन् यो तर्क मेरो होइनकुशलनाथ योगीको हो । यस प्रश्नको उत्तर हो या आफैँ प्रश्न हो ।

प्रज्ञा प्रतिष्ठान नामक सरकारी निकायमाथि उहिलेदेखि नै औला ठडिइरहेको बेला लेखक धनेन्द्र ओझाले लेखेका थिए – यहाँ कोही साहित्यकार छैनन्सबैले आफ्ना मनको भँडास मात्र पोखेका हुन् । उनै धनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानमाथि सुधारका प्रयास गरेभत्ताविरुद्ध । उनले मुद्दा जिते ।

यहाँ म त्यही नेपाली लेखन क्षेत्रको प्रवर्धन र विकासकालागि जिम्मेवार निकाय प्रज्ञा प्रतिष्ठानका बारेमा लेख्दैछु । म यहाँ प्रतिष्ठानका बारेमा नारायण ढकालले अन्तिम पात किताबमा लेखे जसरी लेख्न त सक्दिन तर पत्रकारिता क्षेत्रबाट विरक्त लागेर लेखन क्षेत्रमा पाइला चाल्दै गरेको मजस्ता मान्छेलाई त्यतिबेला यहाँभित्र हुर्केको प्रवृत्तिबाट झन् पीडा हुन्छ । आजको प्रविधियुक्त जमानामा साहित्य र लेखन क्षेत्रको देशकै सर्वोच्च संस्थाको त्यो हालत देख्छु । जहाँ नाथे एउटा लेखक परिचयपत्र लिन मैले निवेदन दिएको वर्ष दिन पुग्दा पनि पाइएको छैन ।

अरू त के अपेक्षा गर्नु र ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link