Home Main Highlight News अञ्जिलाको पोस्टर सार्वजनिक, मंसिर २३ गते हङकङबाट वर्ल्ड प्रिमियर

अञ्जिलाको पोस्टर सार्वजनिक, मंसिर २३ गते हङकङबाट वर्ल्ड प्रिमियर

by Parda Sansar
A+A-
Reset

झापा । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।

मिलन चाम्सको निर्देशनमा बनको चलचित्रको पोस्टरमा दयाहाङ राई, अञ्जिला तुम्बापो, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङलाई देख्न सकिन्छ । पृष्ठभूमिमा फुबटल ग्राउन्ड देख्न सकिन्छ । पोस्टरमा नेपालमा रिलिज गरिने मिति फागुन २९ गते देख्न सकिन्छ ।

चलचित्रको वर्ल्ड प्रिमियर भने मङ्सिर २३ अर्थात् डिसेम्बर ८ मा हङकङमा गरिने निर्माण टिमले जनाएको छ । त्यसपछि युके, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रदर्शन गरिने निर्माता प्रेम कुमार श्रेष्ठले जानकारी दिए ।

सिनेमामा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् । फिल्ममा सुनिल थापा, निर्माता श्रेष्ठ पनि प्रमुख भूमिकामा देखिँदैछन् । फिल्मको दृश्यहरुमा अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँलाई देख्न सकिनेछ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको सहनिर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link