Home Main Highlight News सौगात मल्लको ‘बम बहादुर’को टिजर सार्वजनिक

सौगात मल्लको ‘बम बहादुर’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज डेट आगामी पुस ५ गतेलाई तोकिएको छ ।

टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ’ भन्ने सन्देश दिइएको छ । चलचित्रका निर्देशक जोन राईले यो चलचित्र, भारतका नेपाली समुदायले भोगेको संघर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न बनाएको बताए । मनोरञ्जनसँगै सन्देश पनि दिने उद्देश्यले निर्मित यो चलचित्रमा दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने राईले बताए ।
निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो चलचित्र बनाएको जनाए । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।
बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् ।
सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् । चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link