काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । ‘सुम्निमा’मा उपासना अनुन्बन्धसँगै उहाँको जोडी अभिनेताको लागि अडिसन आहृवान गरिएको छ । २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिशनमा भाग लिन पाउने पनि बताइएको छ ।
निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै चलचित्र निर्माण हुने बताउनुभयो । प्रेमकथामा आधारित हुने यो चलचित्र नेपाली र अंग्रेजी भाषामा निर्माण हुने जनाइएको छ । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै चलचित्र बन्नेछ’, चाम्सले भन्नुभयो ।
नेपाल र बेलायतमा यो चलचित्र जुलाईदेखि छायांकन हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मस्को संयुक्त व्यानरमा बन्ने चलचित्र निर्देशक चाम्सको ११औं निर्देशकीय प्रोजेक्ट हुनेछ । चलचित्रमा राजीव थापाको कथा र पटकथा रहनेछ ।