Home Main Highlight News ‘नरसिंहाः अवतार’को ‘तिम्रो मात्र हुने मन छ’

‘नरसिंहाः अवतार’को ‘तिम्रो मात्र हुने मन छ’

by Parda Sansar
A+A-
Reset

काठमाडाैँ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ ।
‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनिषा सुनवारको स्वर छ ।

यो रोमान्टिक गीतमा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई रोमान्टिक अवतारमा देखाइएको छ । माइकल चन्दको कोरियोग्राफी रहेको यो गीतमा राजु थापाको डीओपी छ ।

फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह लगायतका कलाकारहरुको अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ ।

फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ ।

यो फिल्मलाई प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link