Home Main Highlight News आजदेखि सिनेमा हलमा ‘नरसिंहाः अवतार’

आजदेखि सिनेमा हलमा ‘नरसिंहाः अवतार’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज जेठ ९ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । यो फिल्म दर्शकका लागि किन पनि विशेष बनेको छ भने उनीहरुका प्रिय अभिनेता अर्थात महानायक राजेश हमालले करिव आठ वर्षपछि यही फिल्ममार्फत रजतपटमा पुनरागमन गरेका छन् ।

अभिनेता हमालको अभिनयको पुनरागमनका कारण दर्शक पनि उत्साहित छन् । त्यसैले पनि क्यूएफएक्सबाहेक अन्य सिनेमा हलहरुले यो फिल्मलाई आज पहिलो दिनका लागि राम्रो शो उपलब्ध गराएका छन् भने फिल्मको अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । यो फिल्मले पहिलो दिनका लागि देशभरीमा करिव १ सय ५० शो पाएको छ ।

आज शुक्रवार सोलो रिलिजको रुपमा दर्शकमाझ आउन लागेको यो फिल्मलाई युवा निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन्, जसमा प्रेम, विछोड, सस्पेन्स र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

यद्यपि ‘नरसिंहा अवतार’ ले नै सबै भन्दा बढी शो पाएको छ । निर्देशक भट्टराईकै लेखन रहेको यो फिल्ममा राजेश हमालसंगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।राजुविक्रम थापाको छायांकनमा तयार भएको यो फिल्ममा कविराज गहतराज तथा माइकल चन्दको कोरियोग्राफी छ भने चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । यो फिल्मका निर्माताहरुमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने तथा नेम महर्जन रहेका छन् ।

त्यसो त आज ‘नरसिंहा: अवतार’ सँगै अन्य कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शन भएका छैनन्, तर सिनेमा हलमा तीन विदेशी फिल्महरु हलिउडको मिसन इम्पोसिबलः द फाइनल रेकोनिङ, लिलो एण्ड स्टिच तथा ‘भूलचुक माफ’ प्रदर्शनमा आएका छन् ।

त्यसबाहेक केही सातामदेखि प्रदर्शनरत के घर के डेरा २, ऊनको स्विटर, पिताम्बर, अञ्जिला, लाज शरणम, फाइनल डेस्टिनेसनः ब्लड लाइन्स तथा रेड २ पनि अधिकांश सिनेमा हलमा प्रदर्शनरत छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link