Home ठूलो पर्दा चन्द्रको ‘आबाट आमा’ मा पल शाह

चन्द्रको ‘आबाट आमा’ मा पल शाह

by Parda Sansar
A+A-
Reset

काठमाडौं । लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आबाट आमा’ मा अभिनेताका रुपमा पल शाह अनुवन्धित भएका छन् । पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफू काम गर्न तयार भएको बताएका छन् । फिल्ममा अनुवन्धित भएपछि अभिनेता शाहले आफूलाई फिल्मको स्क्रिप्टले भावुक बनाएकोले काम गर्न उत्साहित भएको बताए ।

यो फिल्मको छायांकन चाँडै गर्नका लागि आफूले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ। सबैभन्दा पहिला त मलाई यो फिल्मको स्क्रिप्ट मन पर्यो । स्क्रिप्ट एकदमै इमोसनल छ । अर्को कुरा टीममा पनि दिग्गज कलाकारहरु हुनुहुँदो रहेछ । त्यसैले यस फिल्ममा काम गर्न लागेको हो ।

अभिनेता शाहले आफूले खेलेको अहिलेसम्मका फिल्महरुमध्ये यसको कथा एकदमै राम्रो रहेको बताए । यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौँ,’ उनले भने– ‘मैले अहिलेसम्म गरेको फिल्ममध्ये यो नै इमोसनल फिल्म बन्छ भन्ने मलाई लाग्छ । उनले यो फिल्ममा आफ्नो क्यारेक्टरको बारेमा अहिले जानकारी दिन चाहेनन् । केहि समयपछि यस बारेमा थप जानकारी दिने पलको भनाई छ ।

यसअघि यो फिल्ममा आमाको भूमिकाका लागि अभिनेत्री विपना थापा अनुवन्धित भइसकेकी छन् । निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए ।

निर्देशक पन्तले फिल्म ‘आबाट आमा’ मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन् । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थीम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो । फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ ।

यस फिल्ममा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए । उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा प्रदर्शनमा आउने बताए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link