Home समाचार रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर

रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । २५ वर्ष लामो फिल्मी करिअरमा रेखा थापाले सयभन्दा धेरै फिल्ममा अभिनय गरिन् । घरेलु फिल्ममा ‘हिरोइनइज्म’ स्थापना गर्नमा योगदान दिने उनै रेखा यतिबेला भने कलाकै अर्को आयाममा प्रस्तुत भएकी छन् ।

नाटक ‘मीरा’बाट उनले ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको पहिलो नाटकको प्रिमियर सोमबार बेलुका कान्तिपुर थिएटरमा गरिएको छ ।

फिल्मको पठनपाठन गराउँदै आएको कान्तिपुर फिल्म कलेजले संचालनमा ल्याएको यो नाटक घरको सोमबार बेलुका अभिनेता हरिवंश आचार्यले उद्घाटन गरे । थिएटर शुभारम्भ लगत्तै नाटकको प्रिमियर गरिएको थियो ।

दीपक सिंजालीको उपन्यासमा आधारित यो नाटकको परिकल्पना र निर्देशन सुन्दर धितालले गरेका हुन् । नाटकमा रेखाले शीर्ष पात्र मीराको भूमिका निर्वाह गरेकी छन् । यो नाटकले मीरा र उनको बालसखा कृष्णको प्रेमकथा भन्छ ।

उनीहरूको प्रेम सम्बन्ध गाढा हुँदै जाँदा उनीहरूको परिवारमा आइलाग्ने संरचनाले बाधा पुर्‍याउँछ । एकअर्कालाई पति पत्नीको रुपमा स्वीकारेर काल्पनिक संसारमा रमाइरहेका २ प्रेमीको सपना भताभुंग हुन्छ । यो परिस्थितीमाझ कृष्ण हराउँछ । वियोगमा रहेकी मीराले पूजाकोठालाई आफ्नो संसार बनाएर कृष्णभक्तिमा तल्लीन हुन्छिन् ।

के यी दुई प्रेमीको पुनर्मिलन सम्भव छ ? समग्रमा यो नाटक यही सम्बन्ध वरपर घुम्छ । नाटकमा कृष्णको भूमिकामा विशाल देवकोटा छन् । घरेलु फिल्मका चर्चित अभिनेता विशाल पहारीले यो नाटकबाट ४० वर्षपछि थिएटरमा पुनरागमन गरेका छन् । गीत विष्ट, सुनिल खड्का, विन्दा खतिवडा, डोरेस खतिवडाको पनि अभिनय छ ।

यो नाटक जेठ १९ देखि असार ७ सम्म मंचन हुनेछ । बुधबारबाहेक प्रत्येक दिन बेलुका ५ः३० बजेदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा यो नाटक मंचन हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link