Home गीत/संगीत नयाँ भर्सनमा धोका दियौ तिमीले
   

नयाँ भर्सनमा धोका दियौ तिमीले

by Parda Sansar
A+A-
Reset

काठमाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीत मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।

३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोजकुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा गायिका सुक्मित गुरुङको स्वर रहेको थियो ।

यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । दिवंगत गायक स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहाँ गायिका मेलिना राईको स्वर रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link