Home Main Highlight News आमिरको ‘सितारे जमीन पर’ नेपालमा रिलिज भएन

आमिरको ‘सितारे जमीन पर’ नेपालमा रिलिज भएन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुने अपेक्षा गरिएको आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’को प्रदर्शन यो समाचार लेख्दासम्म नहुने निश्चित भएको छ ।

भारतीय निर्माताले महंगो वितरण शुल्क प्रस्ताव गरेपछि नेपाली वितरक पछि हटेका हुन् । स्रोतका अनुसार भारतीय वितरकले १ करोड भारु रकम प्रस्ताव गरेका थिए ।

‘पैसामा कुरा नमिलेपछि नेपालमा ल्याएनौं’ आमिर खान प्रोडक्सनसँग कुराकानीमा संलग्न एक नेपाली वितरकले भने । शुक्रबारसम्म फिल्म रिलिज नभएपनि त्यसपछि रिलिज हुन्छ वा हुँदैन, यसबारे स्वतन्त्र पुष्टि भैसकेको छैन ।

शुक्रबारदेखि ३ फिल्म रिलिज

यस साता नेपालको हलमा ३ विदेशी फिल्म मात्र प्रदर्शनमा आएका छन् । कुनै पनि घरेलु फिल्म नआउँदा यसको फाइदा ‘महाभोज’सहित प्रदर्शनरत अन्य फिल्मलाई हुनसक्छ ।

दक्षिण भारतीय फिल्म ‘कुबेरा’ प्रदर्शनमा आएको छ । धनुष र नागार्जुना, रश्मिका मन्दाना स्टारर यो फिल्मको रनटाइम १८१ मिनेट छ ।

हलिउडको कमेडी, एड्भेन्चर फिल्म ‘एलियो’ पनि प्रदर्शनमा आएको छ । डिज्नीको यो एनिमेटेड फिल्ममा चर्चित हलिउड स्टारहरूले आवाज दिएका छन् ।

हलिउडको हरर थ्रीलर फिल्म ‘२८ इयर्स लेटर्स’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्ममा ज्याक ओनेल, राल्फ फिएनेस, आरोन टेलर जोनसनको शीर्ष भूमिका छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link