Home Main Highlight News ‘जनै हराएकाे मान्छे’मा निर्देशकको अनुभव पनि सँगाल्दै मनिष !

‘जनै हराएकाे मान्छे’मा निर्देशकको अनुभव पनि सँगाल्दै मनिष !

by Parda Sansar
A+A-
Reset

सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको सिनेमाको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । ‘प्रेमगीत ३’मा प्रदीप खड्कालाई टक्कर दिने पात्रका रुपमा रुचाइएका मनिष ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा भने एसोसिएट डिरेक्टरको भूमिकामा छन् ।

यो सिनेमामा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् । मनिष सिनेमा पढेका अभिनेता हुन् । पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन अभिनय गरेनन् ?

“निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्, “म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।”

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे ।  आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ अहिले पोस्टप्रोडक्सनमा छ । बलियो लाइनअप रहेको सिनेमामा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link