Home Main Highlight News ‘हरिबहादुरको जुत्ता’ को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

‘हरिबहादुरको जुत्ता’ को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा लाइभ आएका थिए, जहाँ हरिवंशले आफ्नो आइकोनिक पात्र ‘हरिबहादुर’को चर्चा गरे । ५२ एपिसोडको ‘हरिबहादुर मदनबहादुर’ सिरिजको हरिबहादुर पात्रलाई फिल्ममा ढाल्ने कुरा सुरुमा डाउटफुल लागेपनि अन्य प्रक्रियामा हेर्दाखेरी सिनेमालाई सुहाउने क्यारेक्टर बनेको हरिवंशले बताए ।

यो फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link