Home Main Highlight News चलचित्र ‘कुमारी’ को छायांकन सुरु

चलचित्र ‘कुमारी’ को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  दिनेश राउत निर्देशीत चलचित्र  ‘कुमारी’ को छायांकन सुरु भएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा मंगललबार शुभ मुहूर्त गरेर फिल्मको  छायांकन सुरु गरिएको हो ।

दिनेश राउतले निर्देशन गर्ने यस चलचित्र छायांकन ३५ दिनमा सकिने तालिका रहेकाे छ। चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारले अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।

यसअघि निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’ ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ लगायत फिल्म निर्देशन गरिसकेका छन्। सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा केदार भुसाल र किरण थापाको कोरियोग्राफी रहनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link