Home Uncategorized घटस्थापनाबाट ‘लज्जावती’को सुटिङ सुरू

घटस्थापनाबाट ‘लज्जावती’को सुटिङ सुरू

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर चलचित्र ‘लज्जावती’को काठमाडौँमा शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्ने यस फिल्मको मुहूर्तसँगै छायांकन समेत सोमबारबाटै सुरु गरिएको हो ।

मुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका थिए । फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माण पक्षले जनाएको छ ।

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले छायाँकन गर्नेछन् । उनलाई सह छायांकारको रुपमा प्रवीन सुवेदीले साथ दिनेछन् । सिनेमामा मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवि केसी रहनेछन् ।

काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय पनि रहनेछ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link