बिर्तामोड । बेनिशा हमाल स्टारर पल्टिकल-सोसल ड्रामा फिल्म ‘बिगुल’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । बेनिशाको शीर्ष भूमिका रहेको फिल्मले जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको मुलुकको राजनीतिक घटनाक्रमको झल्को दिन्छ । टिजरको अन्त्यमा बेनिशाले भनेकी छ्न, ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन ।’
टिजरमा राजनीतिसहित देशप्रेम, सम्बन्ध, जिम्मेवारी र जेनजी आान्दोलनको सन्दर्भ प्रस्तुत गरिएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मको कथाकार र निर्माता दिनेश कोइराला हुन् ।
यो फिल्ममा बेनिशासहित नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा, संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछ ।
