Home Main Highlight News दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक
 

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  दिनेश राउत निर्देशित प्रेम कथानक फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गर्छ।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको संकेतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरंग बुझाउने ‘वेभ’ हरू प्रयोग गरिएको छ। अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। यो पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिकसँगै यसको नयाँ गीत ‘तिमी बिना …’ को रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ। ‘कुमारी’ माघ २३ गतेदेखि प्रदर्शनमा आउनेछ। भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले फिल्मले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ।

फिल्ममा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारहरूको अभिनय छ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथानक फिल्मबाट चिनिएका निर्देशक दिनेश राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’ मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link