Home Main Highlight News चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक
 

चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ । आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ। शीर्षकअनुसार नै गीतको मर्म आम नेपाली बुबाप्रति समर्पित छ। गीतलाई बुबाको संघर्ष, जिम्मेवारी र भावनात्मक सम्बन्धलाई भिडियोमार्फत मार्मिक तवरले प्रस्तुत गरिएको छ।

गीतमा बालेनको र्‍याप र लय छ भने गणेश उप्रेती, कमलमणी नेपाल लगायतको अभिनय र दीक्षा उप्रेतीको स्वर छ ।  विशेष पाण्डेको मिक्सिङ रहेकाे गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । यो समाचार तयार पार्दासम्म सात लाख पचास हजार भन्दा बढीले गीत हेरेका छन् ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link