बिर्तामोड । सिनेपा : बक्सअफिसले पछिल्लो शनिबारसम्म सिनेमाको देशव्यापी कमाइको विवरण सोमबार सार्वजनिक गरेको छ ।
जसअनुसार, शनिबारसम्म ‘आबाट आमा’ले ४ करोड ८० लाख ९० हजार ग्रस कलेक्सन गरेको छ । १ लाख ७६ वटा टिकट बिक्री गर्दै आबाट आमाले सो रकम कलेक्सन गरेको हो ।
चल्दाचल्दै उतारिएको फिल्म ‘द ब्लू लाइट’ ले भने ८३२ टिकट बिक्री गर्दै ३ लाख १९ हजार ५९५ ग्रस कलेक्सन गरेको छ ।
यसअघि रिलिज भएको ‘गोबर गणेश’ले ४९ हजार ५३१ वटा टिकट बिक्रीसँगै कुल १ करोड ४० लाख कमाइ गर्न सफल भएको छ । त्यस्तै, ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख ग्रस कलेक्सन गरेको छ ।
६ लाख ३३ हजार वटा टिकट बिक्री गर्दै सिनेमा हलमा सय दिन मनाउन सफल चलचित्र ‘परान’ले यो वर्षकै उच्च कमाइ गर्न सफल भएको छ । जसले १७ करोड ८४ लाख रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको छ ।


