Home Main Highlight News अभिनेत्री रेखा थापा फिल्म ‘फ्रेन्च किस’मा अनुबन्धित
   

अभिनेत्री रेखा थापा फिल्म ‘फ्रेन्च किस’मा अनुबन्धित

by Parda Sansar
A+A-
Reset

बिर्तामोड ।  अभिनेत्री रेखा थापा फिल्म ‘फ्रेन्च किस’ मा अनुबन्धित भएकी छन्। छायाकंनरत फिल्मको निर्माणपक्षले अभिनेत्री रेखालाई अनुबन्ध गरेको हो। यो फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ।

नयाँ पुस्ताको प्रेमकथा भन्ने ‘फ्रेन्च किस’ मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको प्रवेशसँगै फिल्म थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘विभिन्न सफल फिल्ममार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नुभएको छ। अब ‘फ्रेन्च किस’ मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ।’

उनले रेखाको अनुभव र स्टारडमले फिल्मलाई विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए। निर्माण टिमले ‘फ्रेन्च किस’ लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्म अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरिरहेका छन्। फिल्ममा अर्पण स्वयं र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन्। अभिनेत्री गौरी मल्ल पनि मुख्य भूमिकामा छिन्।

कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन्। सुदीप बरालको छायांकन निर्देशन रहने फिल्ममा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ।

रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको छ भने फिल्म सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माणपक्षले जनाएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link