82
बिर्तामोड । निखिल उप्रेती र जसिता गुरुङपछि कृषा चौलागाइँको आगामी फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की पनि जोडिएकी छन् ।
कार्की स्वयमले सामाजिक सञ्जालबाट आफूले ‘पारस’ मा काम गर्न लागेको जानकारी दिएकी छन् । जहाँ, उनलाई फिल्मको क्ल्याप बोर्डसहित निर्देशक चौलागाइँसँग देख्न सकिन्छ । ‘अब अर्को, पारस । धमाकेदार गरौं कृषा चौलागाइँ दिदी’ फोटोहरू सेयर गर्दै प्रियंकाले लेखेकी छन् ।
प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।
कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।


