Home Main Highlight News ‘धुरन्धर’ बन्यो सबभन्दा लामो समय ट्रेन्डिङ हुने भारतीय फिल्म
   

‘धुरन्धर’ बन्यो सबभन्दा लामो समय ट्रेन्डिङ हुने भारतीय फिल्म

by Parda Sansar
A+A-
Reset

मुम्बइ । रणवीर सिंह र अक्षय खन्नाको फिल्म ‘धुरन्धर’ थिएटरमा रिलिज भएको दुई महिनाभन्दा बढी भएको छ।

यो फिल्मले बक्स अफिसमा ठूलो व्यापार गर्दै थुप्रै रेकर्डहरू बनाएको छ। यसैबीच, फिल्मले ‘बुक माइ शो’ मा समेत नयाँ कीर्तिमान बनाएको छ। भारतको सबभन्दा लोकप्रिय अनलाइन टिकट बुकिङ प्लेटफर्म ‘बुक माइ शो’ मा ‘धुरन्धर’ सबभन्दा लामो समयसम्म ट्रेन्डिङ सूचीमा रहने भारतीय फिल्म बनेको हो।

भारतीय संचारमाध्यमका अनुसार ‘धुरन्धर’ ले लगातार ५९ दिनसम्म बुकमाइशोको ट्रेन्डिङ चार्टमा आफ्नो स्थान कायम राख्दै पुरानो रेकर्ड तोडेको हो।

यसअघि यो रेकर्ड ‘छावा’ सँग थियो। २०२५ को सुरूमा रिलिज विक्की कौशलको ‘छावा’ ५८ दिनसम्म प्लेटफमर्ममा ट्रेन्डिङमा थियो। अहिले प्लेटफर्ममा  लामो समयसम्म ट्रेन्डिङ हुने तेस्रो फिल्मको रेकर्ड ‘स्त्रि २’ सँग छ। यो ५७ दिनसम्म ट्रेन्डिङमा थियो।

‘धुरन्धर’ को यो उपलब्धिले केवल बलिउडमा मात्र नभएर डिजिटल टिकटिङ र दर्शकहरूको आकर्षणको हिसाबले पनि फिल्मलाई नयाँ उचाइमा पुर्‍याएको छ।

आदित्य धर निर्देशित ‘धुरन्धर’ एक जासूसी थ्रिलर फिल्म हो। फिल्ममा रणवीर र अक्षयसहित आर. माधवन, अर्जुन रामपाल, संजय दत्तलगायत कलाकारहरू मुख्य भूमिकामा छन्।

फिल्मले विश्वव्यापी रूपमा १३ सय करोड भारू कमाएको छ। ‘धुरन्धर’’ को दोस्रो शृंखला ‘धुरन्धरः द रिभेन्ज’ १९ मार्च २०२६ मा प्रदर्शन तयारीमा छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link