70
बिर्तामोड । त्यसो त रेखा थापाको अनेक परिचय छन् । अभिनेत्री, निर्माती, निर्देशक बेलाबखत उनी राम्रै गाउँछिन् पनि । यद्यपि व्यवसायिक रूपमा होइन ।
उनै रेखा थापा पछिल्लो समय फिल्म निर्देशन गर्दैछिन् । यो उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो । फिल्मको नाम छ, माया भनेको यस्तो होला । तर, यो रेखाको आफ्नै ब्यानरबाट भने निर्माण हुन लागेको होइन।
नामबाटै थाहा हुन्छ, फिल्म प्रेमकथामा आधारित छ । फिल्मका लेखक हुन्– धुब्र लम्साल । उनका अनुसार फिल्म मौलिक प्रेमकथामा बुनिएको छ । हरिनारायण श्रेष्ठ र माया देवी श्रेष्ठले निर्माण गर्ने फिल्म फागुन १० गतेबाट छायांकनमा जाने बताइएको छ ।
फिल्ममा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराजम पौडेललगायतको मूख्य अभिनय रहनेछ ।


