Home Main Highlight News फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट
   

फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । निर्माता सुशील पोखरेलको निर्माण रहेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। फिल्मको फस्टलुक सार्वजनिक भएको दुई दिनमै फिल्म अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो।

निर्माता पोखरेलले अमेरिका र क्यानाडा अधिकार बिक्री सँगै अन्य मुलुकका लागि पनि विक्रीको लागि कुराकानी भइरहेको बताए । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानियाँको अभिनय छ । निर्देशक सुनारका अनुसार ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्नेछ ।

हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखन रहेको यो फिल्मलाई संकल्प भुजेलले खिचेका छन्। नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्।

भि।एफ।एक्स। समिर मिया,सत्यम रानाले गरेका छन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन्। त्यसै गरि ५।१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन्। फिल्मको पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ। फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन्।

यस फिल्मको कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउदको छ। निर्मातामा सुलभी पोखरेल, सत्यम पोखरेल छन्। यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर डिजिटल राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link