Home Main Highlight News आजबाट हलहरुमा राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’
   

आजबाट हलहरुमा राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । फिल्म ‘प्रवासी जीवन आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो। श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको ‘प्रवासी जीवन’ मा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारहरूको अभिनय छ।

रविन आचार्य निर्माता रहेको यो फिल्म सामाजिक कथावस्तुमा आधारित छ। फिल्मले भुटानी शरणार्थीको अमेरिका बसाइँसराइपछिको संघर्षलाई चित्रण गर्छ।

विशेषतः विदेशमा बसोबास गर्ने नेपाली समुदायको मानसिक अवस्था, पहिचानको खोजी र पारिवारिक सम्बन्धको भावनात्मक आयामलाई फिल्मले मुख्य विषय बनाएको जनाइएको छ।

‘प्रवासी जीवन’ को रनटाइम ११० मिनेट छ र पीजी श्रेणीमा वर्गीकृत गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link