Home Main Highlight News फिल्म ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक
   

फिल्म ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आगामी वर्षको वैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ।

पोस्टरमा सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी सुहाना थापाको भावपूर्ण मुद्राले पोस्टरलाई जीवन्त बनाएको छ। उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउँछ।

पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँछ। प्रकृतिको न्यानो प्रकाश र नरम रंग संयोजनले दृश्यलाई आकर्षक बनाएको छ ।

नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एकै फ्रेममा उतारिएको यो पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत पनि दिन्छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।

लक्ष्मण सुनार को निर्देशनमा बनेको फिल्ममा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ ले पनि अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। छायांकन संकल्प भुजेलको रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले गरेका छन्।

फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। मिक्सिङ मुकेश शाहको रहेको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरे ले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको योगदान छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्द रहेको छ।

कला निर्देशन प्रतिक चौधरी ले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link