22
काठमाडौं । नेपाली कथानक फिल्म ‘मुक्तिपुर’ को मंगलबार शुभसाइत पूजासहित छायांकन सुरु गरिएको छ। सुनिल पाण्डेको निर्देशनमा बन्ने यो फिल्म साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीको संयुक्त निर्माण हो। पाण्डेको यो डेब्यू निर्देशकीय प्रोजेक्ट हो।
क्राइम जनरामा बन्ने फिल्ममा बदलाको कथावस्तु प्रस्तुत गरिने निर्देशक पाण्डेले बताएका छन् । फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र आकृति बुढाथोकी मुख्य भूमिकामा छन्। ४० दिनको छायांकन तालिकासहित सुरु भएको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा विजय राजवंशी र रोशन पासवान निर्माताको रुपमा हुनेछन् ।


