Home ठूलो पर्दा सितादेवीको ‘सानो संसार’को टिजर रिलिज

सितादेवीको ‘सानो संसार’को टिजर रिलिज

by Parda Sansar
A+A-
Reset

झापा । चलचित्र सानो संसारको टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा पारिवारिक कथा व्याथा महसुश गर्न सकिन्छ । टिजर :

अर्जुन कुमार निर्मित फिल्म असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । फिल्ममा सीतादेवी सँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई संयुक्त रुपमा प्रदर्शन गर्नेछन् । सिद्धार्थ पुडार्सनीले फिल्मलाई निर्देशन गरेका हुन् । यही फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link