Home ठूलो पर्दा ‘सानो संसार’को ट्रेलरमा अभावको कथा

‘सानो संसार’को ट्रेलरमा अभावको कथा

by Parda Sansar
A+A-
Reset

झापा । फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र संघर्ष मर्मस्पर्शी रूपमा देख्न सकिन्छ ।

दसैँको छेको पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा वैदेशिक रोजगारीको बाध्यता पनि फिल्ममा रहेको अनुमान गर्न सकिन्छ ।

राजधानी मिडिया एन्ड प्रिन्सेस मुभिजको ब्यानरमा बनेको फिल्मको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका हुन् । चलचित्रमा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । फिल्मको लेखन सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । त्यस्तै फिल्ममा मनोज श्रेष्ठको भीएफएक्स र रोमी मोसेस टन्डुकारको सम्पादन रहनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link