Home समाचार ‘एक्टर’को नयाँ पोस्टरमा आत्मविश्वासी आना

‘एक्टर’को नयाँ पोस्टरमा आत्मविश्वासी आना

by Parda Sansar
A+A-
Reset

झापा । नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। नयाँ पोस्टरलाई चलचित्रकी प्रमुख अभिनेत्री आना शर्माको प्रकृति नामक पात्रको परिचयात्मक रूपमा सार्वजनिक गरिएको छ।

रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा बनेको यस पोस्टरले शर्मालाई भव्य र आकर्षक शैलीमा प्रस्तुत गरेको छ, जसमा उनलाई सौन्दर्य र आत्मविश्वासको साथ प्रस्तुत गरिएको छ। हल्का गुलाबी र सेतो रङ्गको फुलप्रिन्ट पहिरनमा सजिएका उनी पोस्टरमा आकर्षक देखिएकी छिन्। पोस्टरमा भव्य पृष्ठभूमि र चमकदार प्रकाशले चलचित्रलाई एउटा भव्य प्रस्तुति दिने सङ्केत गरेको छ।

यसअघि पनि ‘एक्टर: टेक वन’ चलचित्रका तीन वटा पोस्टर सार्वजनिक भइसकेका थिए, जसमा चलचित्रका अन्य प्रमुख पात्रहरूलाई देखाइएको थियो। चलचित्रमा शर्मासँगै प्रदीप खड्का, राजबल्लभ कोइराला, नव-नायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव र सुशील सिटौलालगायतले अभिनय गरेका छन् ।

‘एक्टर: टेक वन’ चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‍को संयुक्त प्रस्तुति हो। चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गरेका हुन् भने क्रियटिभ प्रोड्युसरको जिम्मेवारी मोती कार्कीले सम्हालेका छन्। तोरन क्षेत्री लाइन प्रोड्युसरको भूमिकामा रहेका छन्। चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन्। स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका छन्।

‘एक्टर: टेक वन’ चलचित्रका छायाङ्कनकर्ता नरेन्द्र मैनाली हुन् भने सम्पादनको जिम्मेवारी निमेश श्रेष्ठले लिएका छन्। चलचित्रको रङ्ग सम्पादन (कलरिंग) राजेन्द्र मोक्तानले गरेका छन् भने पोस्ट प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्।

आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुने तयारीमा रहेको यो चलचित्रको सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्। शिशिर खाती र किरण थापाले कोरियोग्राफी गरेका छन् भने द्वन्द्व निर्देशन अष्ट महर्जनले सम्हालेका छन् भने  निर्देशन कृष्णमान तामाङको रहेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link