Home Main Highlight News सिनेमा हलमा धिरज र उपासनाको ‘खुस्मा’

सिनेमा हलमा धिरज र उपासनाको ‘खुस्मा’

by Parda Sansar
A+A-
Reset

झापा । संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बिहीवारदेखि नयाँ नेपाली फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । गत मंगलवार काठमाडौंमा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्म हेर्ने अधिकांश दर्शकले निर्देशक अशोक थापा मगरको निर्देशकीय पक्ष तथा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको प्रशंसा गरेका थिए ।

यो फिल्ममा माओवादी द्वन्दको असर भोग्ने सबैले आफैँलाई परेको महसुस गर्ने अनुभव अधिकांशले सुनाएका थिए । िप्रमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका अभिनेता धिरज मगरले ‘खुस्मा’ लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । ‘यो सबै नेपालीले भोगेको र देखेको कथा हो । उपासनाले निभाएको चरित्र धेरै महिलाको कथा हो । हामीले छायांकन रुकुममा गर्यौं,  तर यो कथा आम नेपालीको हो,’ उनको भनाइ छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुने । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय फिल्म हो ।  मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले माओवादी द्वन्दको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link