Home Main Highlight News ‘आँखा’ को विशेष प्रदर्शन हुने

‘आँखा’ को विशेष प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गरिने भएको छ । ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते यो चलचित्रको विशेष प्रदर्शन गर्ने भएको हो ।
जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले शहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ ।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स कम्युनिटी’ले यो चलचित्रको विशेष प्रदर्शन गर्न लागेको हो ।
मूलधारभन्दा फरक चलचित्रलाई आमदर्शकसामु र्पुयाउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,’ कम्युनिटीले आफ्नो पोष्टमा भनेको छ, ‘हाम्रो दशौँ वार्षिकोत्सवलाई ‘आँखा’सँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।’

‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, बुद्धि तामाङ, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ । ‘मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्,’ निर्देशक योञ्जन भनुहुन्छ, ‘यो चलचित्र आधुनिक समाजमा तल्लो वर्गको दु:ख र बाँच्नका लागि मानिसहरूले गर्ने संघर्षको मार्मिक दृष्टिकोण हो ।’

दु:ख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्शाउन ‘आँखा’को रमाइलो कथा तयार गरिएको उहाँ बताउनुहन्छ ।

‘मुभी लभर्स कम्युनिटी’ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ । ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको कम्युनिटीले नेपाली चलचित्रलाई सबै खाले दर्शकसम्म र्पुयाउन सेतुको भूमिका खेल्दै आएको छ । चलचित्र मंगलबार बेलुकी ५ बजे सुन्धारास्थित सिडिसी सिनेमामा प्रदर्शन हुने जनाइएको छ ।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link