Home समाचार हमाल भन्छन्, ‘आफैंलाई नयाँ कलाकार लाग्दैछ’

हमाल भन्छन्, ‘आफैंलाई नयाँ कलाकार लाग्दैछ’

by Parda Sansar
A+A-
Reset

झापा । कुनै बेला नेपाली फिल्म क्षेत्रलाई नै डोर्‍याएर हिँडेका अभिनेता राजेश हमाल ठूलो पर्दामा नदेखिएको करिब ७ वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ २०७३ सालमा प्रदर्शन भएको थियो ।  अब उनले ७ वर्षपछि फिल्म ‘नरसिंहा: अवतार’ बाट पुनरागमन गर्दैछन् । बिहीबार उनी आफूले खेलेको एक गीतको सार्वजनिक कार्यक्रममा सेतै फुलेको हल्का दाह्री-जुँगामा देखिएका थिए । लामो कपाल त उनको पहिचान नै भइहाल्यो । उनले कार्यक्रममा फिल्मकै लागि दाह्री पालेको बताए । पूरै गेटअपमा भने अझै काम गर्न बाँकी रहेको हमालको भनाई थियो । ७ वर्षपछि अभिनयमा फर्किन लागेकाले उनी फिल्मलाई लिएर एकदमै आशावादी देखिएका छन् ।

हमालले भने, ‘भोलि फिल्म हेरेर दर्शकले कसरी लिनुहुन्छ, त्यो अर्को ठाउँमा छ । तर, म चाहिँ असाध्धै आशावादी छु । ७ वर्षपछि एउटा फिल्म गर्ने जमर्को गरेको छु । त्यसको छायांकन पनि दैलोमा आइसकेको छ । मेरो विचारमा ५/७ दिनमा त्यसको छायांकन सुरु हुन्छ । यो अलिअलि दाह्री पालेको ‘नरसिंहा’कै लागि हो । लामो समयको अन्तरालपछि फिल्ममा आउन लागेकाले नयाँ चीजको सुरुवात गर्न लागेको जस्तो महसुस भैरहेको उनको भनाई छ । ‘मलाई फेरि एउटा नयाँ चीजको सुरुवात गरेको जस्तो महसुस भैरहेको छ,’ उनले अगाडि भने, ‘३०औं वर्ष फिल्ममा काम गरेको हुँ, त्यसमा अर्को फिल्म गर्दैछु भन्ने नभएर पहिलो फिल्म नै गर्न जाँदैछु र म पनि नयाँ कलाकार हो कि भन्ने महसुस भइरहेको छ ।’

दुई चरणमा छायांकन हुन लागेको फिल्ममा हमाल एक्सन भूमिकामा प्रस्तुत हुनेछन् । यसमा उनी दुई फरक लुक्समा देखिनेछन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा सरोज खनाल, नीति शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सनिसा भट्टराई, उषा खड्गी, राजिव जंग बस्नेत लगायतको पनि अभिनय रहनेछ । यही असोज ७ गतेबाट पहिलो चरणको छायांकन सुरु गरिँदैछ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link