Home गीत/संगीत प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

गायक प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ बोलको गीत सार्वजनिक गरिएको छ। युवा व्यवसायी संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्। भिडिओमा संगीत स्वयंमले अभिनय गरेका छन्। यसको भिडिओ पनि उनकै कथा र निर्देशनमा बनेको हो।

विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात सहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र पाएको सफलतालाई भिडिओमा देखाइएको छ । ‘म व्यवसायिक कलाकार त होइन् । युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन मिलोस् भन्ने सोचले यो गीत बनाएको हुँ,’ संगीतले भने, ‘आफ्नै कथा बोकेको गीत भएकाले भिडिओमा पनि आफै अभिनय गरेँ।

भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन् । ‘श्रीधर अधिकारी’ युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link