Home हलिउड/बलिउड गिनीज बुक वर्ल्ड रेकर्डमा चिरञ्जीवीको नाम दर्ता

गिनीज बुक वर्ल्ड रेकर्डमा चिरञ्जीवीको नाम दर्ता

by Parda Sansar
A+A-
Reset

दक्षिण भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनीज वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

उनलाई भारतीय फिल्म क्षेत्रको सबैभन्दा सफल स्टारको अवार्डबाट सम्मानित गरिएको हो । यो अवार्ड उनलाई बलिउड अभिनेता आमिर खानले हस्तान्तरण गरेका हुन् ।

चिरञ्जीवीको तारिफ गर्दै आमिर खानले भने, ‘यहाँ आउनु मेरो खुशी र सम्मानको कुरा हो । म चिरञ्जीवी गुरुको प्रशंसक हेरेर खुशी छु । किनकी म पनि उहाँको ठूलो प्रशंसक हुँ ।’

चिरञ्जीवीले ४५ वर्षको करियरमा १५६ फिल्मको ५३७ गीतमा २४, ००० डान्स स्टेप गरेका छन् । उनले सन् १९७९ मा ‘पुनधिरल्लु’ बाट आफ्नो फिल्मी करियर सुरूवात गरेका थिए । उनी पछिल्लो समय सन् २०२३ मा ‘भोला शंकर’ मा देखिएका थिए । अब उनी ‘विश्वभरा’ मा देखिनेछन् । यो फिल्म सन् २०२५ मा सिनेमाहलमा रिलिज हुनेछ।

Source: Setopati.com

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link