Home समाचार ‘सानो संसार’को प्रिमियर शोमा कथावस्तु र कलाकारको अभिनयको तारिफ

‘सानो संसार’को प्रिमियर शोमा कथावस्तु र कलाकारको अभिनयको तारिफ

by Parda Sansar
A+A-
Reset

 काठमाडौं । असोज ११ गते भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सानो संसार’को  बुधबार सिटी सेन्टरस्थित बिग मूभिजका प्रिमियर गरिएको छ । सिनेमाले प्रिमियर शोमा सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

सिनेमा हेर्न चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक रामबाबु गुरुङ, ज्ञानेन्द्र देउजा, सुरेन्द्र पौडेल, नवल नेपाल, निर्माता रौनक विक्रम कडेल, रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता जितु नेपाल, विल्सन विक्रम राई, यमन श्रेष्ठ, लेखक प्रदीप भारद्धाज, अभिनेत्री लुनिभा तुलाधर लयायत सानो संसार टिम र पत्रकारहरुको उपस्थित थिए ।

अध्यक्ष डिसीले अर्ग्यानिक कथामा निर्माण भएको उत्कृष्ट सिनेमा रहेको बताए । अरु सिनेमाहरुको तुलनामा पोस्टर हेर्दा नै म सिनेमा हेर्न उत्साहीत थिए । उहाँहरुले सिनेमा हेर्न बोलाउनु भयो र प्रिमियर शोमा सिनेमा हेर्न अवसर मिल्यो त्यसपछि महसुस भयो कि नेपाली सिनेमा क्षेत्रले ५ जना उत्कृष्ट कलाकार पाएको छ । सिनेमाको संवाददेखि त्यसको प्रस्तुतीकरण उत्कृष्ट रहेकाले हरेक परिवारले हेर्न पर्ने सिनेमा बनेको दाबी अध्यक्ष डिसीको छ ।

प्रिमियर शोमा सिनेमा हेरेका अन्य कलाकार तथा सिनेमाकर्मीहरुले पनि ‘सानो संसार’ नेपाली सिनेमा क्षेत्रको मास्टरपिस सिनेमा बनेको बताए । पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link