Home ठूलो पर्दा दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘दुःखी आत्मा’को छायांकन

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘दुःखी आत्मा’को छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यतिबेला दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘दुःखी आत्मा’को छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ । आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा फिल्मको छायांकन भइरहेको थियो ।

छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई, अनुपविक्रम शाही र शिशिर बाङ्देललाई देख्न सकिन्छ । तस्वीरमा यी कलाकारलाई चरित्रको आवरणमा देख्न सकिन्छ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा आँचल शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर बाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, नीमा पाण्डे, रियर राई, यासेली योङहाङ पनि अभिनय गरिरहेका छन् ।

फिल्मको पूरा छायांकन काठमाडौं सेरोफेरोमा खिचिने भएको छ । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क क्रियसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसल-कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको नृत्य रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् ।

सुटिङ सकिएपछि मात्रै प्रदर्शन मिति तय गरिने निर्माता कडरियाले जानकारी दिएका छन् । निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link