Home Main Highlight News ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को अग्रीम टिकट बुकिङ खुला

‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को अग्रीम टिकट बुकिङ खुला

by Parda Sansar
A+A-
Reset

काठमाडौं । दसैँको फूलपातीको अवसर पारेर यही असोज २४ गते रिलिज हुने सिनेमा ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को एड्भान्स प्रि-बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआई लगायतका अधिकांश हलमा प्रि-बुकिङ ओपन भएको हो ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले सबैभन्दा धेरै शो ‘छक्का पञ्जा-५’लाई दिएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘छक्का पञ्जा-५’ले काठमाडौं बाहिर क्यूएफएक्सका हलमा ४८ शो पाएको छ । क्यूएफएक्समा मात्रै यो सिनेमाले नेपालभर ८६ शो पाएको छ । काठमाडौंका ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो क्यूएफएक्समा पाएको छ । ‘१२ गाउँ’ले क्यूएफएक्समा काठमाडौं बाहिर २४ शो पाएको छ । देशभर यो सिनेमाले क्यूएफएक्समा देशभर ४६ शो पाएको छ ।

‘ज्वाइँ साब’ले काठमाडौंमा उपत्यकामा क्यूएफएक्समा २१ शो पाएको छ । काठमाडौं बाहिर १८ शो पाएको छ । देशभर यो सिनेमालाई क्यूएफएक्सले ३९ शो दिएको छ । बिग मूभिजले ‘छक्का पञ्जा’लाई ८ शो, ‘१२ गाउँ’लाई ५ शो र ‘ज्वाइँ साब’लाई ३ शो, एफक्युब सिनेमाजले ‘छक्का पञ्जा ५’ लाई ६ शो, ‘१२ गाउँ’लाई ४ शो र ‘ज्वाइँ साब’लाई ३ शो, ‘वान सिनेमाज’ले छक्का पञ्जालाई ११ शो, १२ गाउँलाई ६ शो र ज्वाइँ साब ५ शो दिएका छन् ।

देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा ‘छक्का पञ्जा-५’ले १४, ‘१२ गाउँ’ले ८ र ज्वाइँ साब’ले ६ शो पाएका छन् । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को शोमा धेरै अन्तर देखिएको छैन ।

‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको ‘छक्का पञ्जा-५’ दीपाश्री निरौला निर्देशित सिनेमा हो । दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि यो सिनेमामा अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको सिनेमामा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

-thecinematimes.com

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link