Home Main Highlight News यस्तो आयो ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर

यस्तो आयो ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर

by Parda Sansar
A+A-
Reset

झापा । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइनेहरुको कथा देखाइएको छ । ट्रेलरमा सारङ्गी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई देख्न सकिन्छ ।

३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा, उनीहरुले भोग्नु परेको दु:ख, समाजले हेर्ने गरेको दृष्टिकोणलाई मज्जाले देखाइएको छ । सरोज पौडेलको निर्देशनमा बनेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । सेभेनसिज सिनेमा र बाँसुरी फिल्म्सको संयुक्त व्यानरमा बनेको यो फिल्म कात्तिक १५ गते प्रदर्शनमा आउँदैछ ।

फिल्ममा स्क्रिनप्ले तथा संवाद महेश दवाडी र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ । फिल्मको छायांकन सिभराम श्रेष्ठले गरेका हुन् ।

 

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link