Home Main Highlight News ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नविन भट्टको निर्देशनमा बनेको हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र भने छठ पर्वको दिन अर्थात् कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने छ ।

फिल्मले हँसाउने र तर्साउने दुवै उद्देश्य राखेर बनाइएको निर्माण टिमले जनाउको छ । चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई फिल्मले पस्किएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।

फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् । फिल्ममा रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । मनोज कुमार अधिकारी निर्माता र नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन रहेको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link