48
बिर्तामोड । अर्जुन कुमारको नयाँ फिल्म सानो संसार पुन: प्रदर्शनमा आएको छ । शुक्रबारदेखि सिनेमाघरमा ‘सानो संसार’ पुन: प्रदर्शनमा आएको हो ।
यसअघि लगातारको भारी वर्षाका कारण देशभर आएको विपद्लाई मध्यनजर गर्दै फिल्म तीन दिनमै हलबाट उतारिएको थियो । मध्यमवर्गीय
रिवारको कथावस्तुमा बनेको यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । सीतादेवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ ।