672
झापा । डाक्टर कुमार सुवेदीको शब्द तथा स्वर रहेको देउसीभैलो गीत ‘देउसी भैलो खेल्दै आयौँ’ सार्वजनिक भएको छ । विकास चौधरीको संगीत रहेको गीतमा सुवेदीसँगै पवित्रा ओली, अविजित अधिकारी, प्रिया श्रेष्ठ, उदास शंकर, रक्षा तिम्सिना, सिता बस्नेतको स्वर रहेको छ ।
पितम कुमार धमला झापाली कान्छोको निर्देशन तथा लगानीमा बनेको म्युजिक भिडियोमा राज लावतीको कोरियोग्राफी रहेको छ । रोहित लाम्गादेको छायांकन रहेको गीतमा झापाली कान्छो, सविना श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । सुवास लिम्बूकाे सम्पादनमा बनेकाे गीतमा तिहारको परम्परा संस्कृतिसँगै टाढिएका माइतीहरुको सम्झना गरिएको छ ।
गीतका हेर्न यहाँ क्लिक गर्नुहाेस् : https://www.youtube.com/watch?v=KezAGIR1mTo