बिर्तामोड । वरिष्ठ गीतकार एवम् संगीतकार शिव शंकर थापाको एकल गीति साँझ ‘एक मुटु अनेक ढुक्ढुकी’ शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।
पूर्वाञ्चल कलाकार समाजको आयोजनामा बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा एकल गीति साँझ भएको हो । पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष कृष्ण योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक मोनिका चुडाल(मेनुका)ले गरेकी थिइन् ।
सो अवसरमा समाजले वरिष्ट गीतकार शिव शंकर थापासहित बाध्यवाधक विमल बुढाथोकी, बाँसुरी बाधक मित्र मगर, गिटार बाधक अनिल रसाइली, फिरोज तवला बाधक सन्देश ढुङ्गाना, अक्टोप्याङ मनोज चौधरी , गायक वलराम समाल , सुसिना राई, युवराज पोर्तले गायत तथा संगीतकार हेमा भण्डारी, मानिका चुडाल, नवदीत गायक मनिल राई लाई सम्मान गरिएको थियो ।
गायक बलराम समाल, युवराज पोर्तेल, हिमा भण्डारी, मोनिका चुडाल, सुसिना राई, मनिल राईले शिवशंक थापाका चर्चित गीत गाएका थिए । गीतकार थापालाई विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए । कार्यक्रममा थापाका रचनाका विषयमा चर्चा गरिएको थियो ।