Home Main Highlight News अल्लु अर्जुन धेरै पारिश्रमिक लिने स्टार

अल्लु अर्जुन धेरै पारिश्रमिक लिने स्टार

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अल्लु अर्जुनका फ्यान अहिले ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । रिलिज नहुँदै यो फिल्मले मिडियादेखि राइट बिक्रीमा हलचल मच्चाइसकेको छ ।

‘पुष्पा २ : द रुल’ यही मंसिर २० बाट रिलिज हुँदैछ । यो फिल्मलाई न्यूनतम ६ करोड ४० लाख रुपैयाँ मूल्यमा नेपालमा ल्याइएको छ । नेटफ्लिक्सले महंगो मूल्यमा यसको स्ट्रिमिङ राइट खरिद गरिसकेको छ ।

यसैबीच, अल्लु अर्जुनको पारिश्रमिकबारे भारतीय मिडियामा नयाँ खबर छ । उनले ‘पुष्पा २’ का लागि ३०० करोड भारु पारिश्रमिक लिएको बताइएको छ । पारिश्रमिकमा उनले अभिनेता थलापति विजयलाई पनि पछाडि छाडेका छन् । योसँगै अल्लु भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने स्टार बनेका छन् । ट्रयाक टलिउडको एक रिपोर्टका अनुसार अल्लु अर्जुनले ‘पुष्पा’को भूमिकाका लागि ३०० करोड भारु लिएको बताइएको छ ।

थलापति विजयले ‘थलापति ६९’ को लागि २७५ करोड भारु लिएको रिपोर्टमा उल्लेख छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link