Home Main Highlight News अनमोलको ‘जेरी अन टप’ को छायांकन सुरु

अनमोलको ‘जेरी अन टप’ को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार छायांकन सुरु गरिएको हो ।

चलचित्रमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा लगायत रहेका छन् ।

चलचित्रमा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिनेछन् भने आमाको भूमिकामा विपना थापा देखिने भएकी छन् । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको सिनेमा मुहुर्त संगै फ्लोरमा गएको छ ।

सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । रीतसिंह बोहरा मुख्य सहायक निर्देशक छन् । उज्ज्वल जोशीको छायांकन रहने सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन रहने सेलिब्रेटी नेपालमा खबर छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link