32
बिर्तामोड । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’बाट अभिनेता उत्तम प्रधानले कमब्याक गर्ने भएका छन् ।
चलचित्र कल्लीमा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालपछि उत्तम प्रधानको प्रवेश भएको हो ।
चलचित्र ‘दर्पणछाँया’बाट नेपाली चलचित्रमा पाइला चाल्नुभएका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिनुभएको थियो ।
चलचित्रका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई चलचित्रमा अनुबन्धित गर्नुभएको हो ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ ।
चलचित्रका निर्माण प्रमुख सुरज आचार्य रहेका छन् । यो चलचित्र नयाँ वर्ष २०८२ को अवसर पारेर चैतको २९ गतेबाट रिलिज हुँदैछ ।