Home Main Highlight News ‘ह्रस्व दीर्घ’को ट्रेलरमा धामकाे कथामा प्रेम र एक्सन

‘ह्रस्व दीर्घ’को ट्रेलरमा धामकाे कथामा प्रेम र एक्सन

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । कात्तिक ३० गते रिलिज हुने सिनेमा ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा देव धामकाे परिवेशमा एक्सन, प्रेम र बिछोड देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

उच्च मेकिंगका साथ आएको ट्रेलरको आकर्षक पक्ष साउन्ड, एक्सन र सम्बाद हो । उच्च कोटीको एक्सन र सस्पेन्सलाई दर्शकले रुचाउने छन् ।

ट्रेलरमा सिनेमाका अधिकांश प्रमुख कलाकारलाई देख्न सकिन्छ । साउथका हेवीवेट कलाकारको अभिनयले  पनि प्रतिक्षित बनेको सिनेमालाई ट्रेलरले थप हाइप दिने निश्चित छ ।

‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापालगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मालगायतले अभिनय गरेका छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link