Home Main Highlight News ‘फ्रयाक्चर’को छायाङ्कन सकेर फर्किए हलिउड कलाकार

‘फ्रयाक्चर’को छायाङ्कन सकेर फर्किए हलिउड कलाकार

by Parda Sansar
A+A-
Reset

झापा । चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले अंग्रेजी भाषाको चलचित्र ‘फ्याक्चर’ निर्माण गरिरहेको छ । यो चलचित्रको अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको मुख्य अभिनय रहेको छ । फिल्ममा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायतले पनि काम गरेका छन् ।

किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । उनले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, बजार र दर्शकसँग जोड्नेमा विश्वास व्यक्त गरेका छन् ।

चलचित्रको निर्मातामा क्रिस बेरुटी, एन्ड्रयु ह्युज, गर्रेट म्याडिसन लगायत रहेका छन् । नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलर रहेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर रहेका छन् । चलचित्रको लेखन क्रिश बेरुटीले गरेका छन् ।

चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । यो चलचित्रको अधिकांश दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रमा काठमाडौं, ललितपुर, झुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्प देख्न सकिनेछ ।

‘फर््याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । मानवीय साहस र संघर्षलाई पर्दामा देख्न सकिने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र रिलिज डेट भने तय भएको छैन । नेपालमा छायाङ्कनको काम भने सम्पन्न भई अमेरिकी टिम फर्किसकेको छ । फर्किनु अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले अमेरिकी टिमलाई बिदाइ गरेका थिए । अध्यक्ष डिसीले नेपाली प्रोडक्सन कम्पनीसँग हलिउडमा काम गरिरहेका अमेरिकी कलाकारले चलचित्र बनाउनु आफैँमा सुन्दर रहेको बताए ।

किङडम नेटवर्कको पहिलो चलचित्र ‘पुजार सार्की’ यही वर्ष रिलिज भएको थियो । जसले नेपालमा मात्र करिब १० करोडको व्यापार गरेको छ ।
(ठूलो पर्दाबाट सम्पादित)

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link