झापा । अमेरिकामा रहेका नेपालीहरूको जीवन भोगाइ र चुनौती देखाउँदै चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर ७ गतेदेखि प्रदर्शन हुने यस चलचित्रको ट्रेलरले विदेश भाँसिएको छोरा-बुहारी र गाउँका बुबाआमाको कथा बोल्छ ।
अभिनेता विपिन कार्कीलाई बाउ र छोराको दोहोरो भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा दु:ख, आशा र जटिलताहरूलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । अमेरिकामा घरपरिवार चलाउनुपर्ने चुनौती, कानुनी जटिलता र विदेश मोहले ल्याउने कठिनाइहरू ट्रेलरमा भेटिन्छ ।
चलचित्रमा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, र सुचित्रा उप्रेती लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘तेल भिसा’को लेखन तथा निर्देशन शंकर घिमिरेले गरेका हुन् । चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ भने कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल रहेका छन् । वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् ।